इन्द्रेणी संवाददाता
दाङ, ११ असोज । विद्युत सट भएर घोराहीमा एक फेन्सी पसलमा आगलागी भएको छ । घोराही निमाहल रोडमा रहेको सल्यानी फेन्सी पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

aaglagi1गएराति साढे ९ बजेको समयमा लागेको आगोबाट करीव ७ लाख बराबरको क्षति भएको बताइएको छ । आगो राती १२ बजे मात्रै नियन्त्रणमा आएको थियो ।