इन्द्रेणी संवाददाता
दाङ, १० असोज । दाङ प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । लमही ५ वस्ने प्रदिप परियारको रा १ प ३८६८ नम्बरको कालो होण्डासाइन मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लमहीका सम्मान गुरुङ, सोही ठाउँका प्रदिप चौधरी र अनिल सिंह बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुले असोज ४ गते राति सो मोटरसाइकल चोरी गरेको खुल्न आएको छ ।











