सल्यान, १० असोज । बिहिबार राती सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
कपुरकोट गाउँपालिका वडा न ४ किमचौरबाट कपुरकोट आउँदै गरेको लु १ च ४२५३ न जीप किमचौरको भित्रि सडकमा दुर्घटना हुँदा किमचौर निवासी ६७ वर्षिया कर्मी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको पुनको अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । जीपमा परी कपुरकोट गाउँपालिका वडा न ४ की ६८ वर्षिया महिनी पुन, ५३ का लोक बहादुर घर्ती, ५३ का टिकाराम घर्ती, २४ वर्षिया कृष्णा घर्ती, ४३ का तीलक पुन र ३७ वर्षका तिलक पुन भएका छन् । घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भई रहेको सल्यान प्रहरीले जनाएको छ ।











