काठमाडौँ, ५ असोज । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जना पक्राउ परेका छन् ।

pakrauपक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जना छन् ।

मिलेमतोमा बगिरहेको खोलाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी अनुसन्धानमा तीन वर्षअघि खोलाको जग्गा धितो राखेर ४ करोड ५० लाख ऋण दिएको खुल्न आएको छ ।