काठमाडौँ, ५ असोज । दशैँ, तिहार र छठ पर्वका लागि बसको अग्रिम टिकट बुकिङ आज असोज ५ गतेबाट खुला भएको छ ।
दशैँमा काठमाडौँबाट विभिन्न जिल्ला जाने यात्रुको अत्यधिक चाप हुने भएकाले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउने गर्दछन् । यस वर्षको दशैँका लागि पनि आजबाट बुकिङ खुला गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।











