दाङ, ४ असोज । दाङको घोराहीमा रहेको साविकको सिसा सगुन बचत तथा ऋण सहकारी संस्था हालको कलश बचत तथा ऋण सहकारी संस्था लि. को आठौं बार्षिक साधारण सभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बालचन्द्र शर्माको सभापतित्व एंव सहकारी संस्थाका जेष्ठ सदस्य युबनकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नयाँ ब्यवस्थापनको पछिल्लो पाँच बर्षमा भए गरेका गतिविधिका बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो । साधारणसभाले आगामी ५ वर्षमा गर्ने पञ्चबर्षे योजना समेत तयार पारेको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष बालचन्द्र शर्माले हालसम्म गरेका गतिबिधि र आगामी ५ बर्षे भावी योजना प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका कोषाध्याक्ष नवराज भण्डारीले संस्थाले ३९ करोड ४२ लाख ८५ हजार बराबरको आर्थिक कारोवार गरेको जानकारी गराउनु भएको थियो । उहाँले संस्थाको कुल सम्पत्ती ११ करोड ५७ लाख ८९ हजार रहेको जानकारी गराउनु भएको थियो । संस्थाका लेखा सुपेरिवेक्षण संयोजक केशव रिजालले संस्थाले गरेका आर्थिक कृयाकलापका बारेमा जानकारी गराउनु भएको थियो । संस्थामा ६ सय ५४ शेयर सदस्य रहेका छन । शेयर सदस्य मध्ये अधिकाँम्स युवाहरु रहेका छन ।
कार्यक्रममा बचतमा हर्जाना नर्तिर्ने मध्ये जेष्ठतका आधारमा १३ जनालाई,ऋणमा हर्जाना नर्तिने मध्ये जेष्ठताका आधारमा ११ जनालाई, संस्था ब्यवस्थापनमा सहयोग गर्ने ३ जनालाई, संस्थामा बढी शेयर सदस्य बनाउने ९ जनालाई, दोब्वर भुक्तानी बाल बचतमा नियमित सवैभन्दा धेरै बचत भएका बालबालिकाह मध्ये ८ जनालाई र कर्मचारीहरु मध्ये संस्थाकी ऋण सहायक कृष्णा खनालालाई प्रमाणपत्रले सम्मान गरिएको छ ।
संस्थाका उपाध्याक्ष नविनकुमार पाण्डेयको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सल्लाहकार गिरिराज शर्मा, शेयर सदस्य गिरबहादुरर महरा लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । संस्थाका ब्यवस्थापन प्रमुख शिवराज खनालले विषय प्रवेश गराउनु भएको कार्यक्रमका सहजिकरण संस्थाका सचिव बिमल योगीले गर्नु भएको थियो ।
कलश बचत तथा ऋण सहकारी संस्था कस्तो संस्था हो ?
दाङको घोराही उ.म.न.पा. वडा नम्बर १५ स्थित कलस बचत तथा ऋण सहकारी संस्था लि.तत्कालिन डिभिजन सहकारी कार्यालय दाङमा आजभन्दा ११ वर्ष अगाडी २०६५ असार १३ गतेका दिन सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाको रुपमा ३१३ नम्बरमा मा दर्ता भएको हो । २०७६ साल असार ३१ गतेदेखि यो संस्थाको नाम परिवर्तन गरी कलश बचत तथा ऋण सहकारी संस्थाको रुपबाट काम कारवाहीहरु अगाडी बढाइरहेको छ ।
करिव ५ वर्षसम्म निरन्तर आफ्ना कार्यक्रमहरु संचालन गरि एक वर्षदेखि गतिविधि विहिन जस्तै बनेको सिसा सगुन बचत तथा ऋण सहकारी संस्थालाई नयाँ व्यवस्थापन गरि २०७१ साल कार्तिक १६ गतेका दिन देखि घोराही शिववस्तिटोलबाट सेवा प्रदान गर्दै आएको छ ।
नयाँ व्यवस्थापनको छोटो अवधिमै शेयर सदस्यहरु थप हुदै जाने क्रम बढ्यो र ३ महिना पछि नै संस्थाको कार्यालय व्यवस्थापनका लागि हाल बसिरहेको भवनमा सर्नुपर्ने भयो । विस्तारै संस्थामा सदस्यहरु बन्ने क्रम जारी रह्यो र सदस्यहरुको इच्छा र चाहाना बमोजिम संस्था संचालन गर्नु उत्तिकै चुनौति थियो । सदस्यहरुको इच्छा पहिचान गर्नका लागि नयाँ व्यवस्थापन पछि पहिलो पटक २०७२ असोज ९ गते प्रथम रणनैतिक योजना तर्जुमा गोष्ठिको आयोजना गरी सदस्यहरुबाट सुझाव संकलन गरीयो उनै सुझावहरुको अधिनमा रहि पञ्चवर्षिय योजना तर्जुमा गरी उक्त योजना कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । हाल संस्थामा १ जना सह व्यवस्थापक,१ जना ऋण सहायक,१ जना कार्यालय सहायक र २ जना बजार परीचालक गरी जम्मा ५ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
“सम्पूर्ण वित्तिय समाधान सहितको उत्कृष्ट सहकारी” भन्ने मूल नाराका साथ अगाडी बढेको संस्थाले “संस्थामा आवद्ध सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गरि समुदायका व्यक्तिहरुको जीवनस्तर सुधार गर्नका लागि दिर्घकालिन बचत तथा ऋण कार्यक्रमहरु निर्माण गरी संचालन गर्ने ।” ध्येय राखेको छ ।











