इन्द्रेणी संवाददाता
दाङ, ३ असोज । संविधान दिवस २०७६ को अवसरमा सभामुख कृष्णबहादुर महराले शुभकामना दिएका छन् ।

Krishna bdr mahara‘संविधान सभामार्फत् नेपाली जनताले आफ्नो संविधान आफै घोषणा गरेको आजको यस ऐतिहासिक दिन संविधान दिवस २०७६ को अवसरमा समस्त नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना वक्तव्यमा भनिएको छ ।

२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएका नेपालको इतिहासमा ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई संविधानमार्फत् संस्थागत गरिएको पनि महराले वक्तव्यमा उल्लेख गरेका छन् ।

यो दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनान्दैछ । सो अवसरमा सरकारले आज एक दिन सार्वजनिक विदा समेत दिएको छ ।