
काठमाडौँ, १ असोज । पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ ।
![uf8L tfGb}h]l;jL l5Gr'hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;](https://www.indrenionline.com/wp-content/uploads/2018/08/badi-1-300x175.jpg)
चार हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महीनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिए गोरखापत्रमा खबर छ ।
पाँच महीनाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।










