घोराही, २९ भदौ । दाङका दुई युवाहरुले फुटबलका लागि दुई क्लबलाई जर्सी तथा ट्रेनिङ सामग्री सहयोग गरेका छन् । घोराही निबासी नरेन्द्र पुन र घोराहीमा ब्यबसायी गर्दै आएका ईश्वरी पौडेलले दुई क्लबलाई सहयोग गरेका हुन् ।

swavimanफुटबल संघका महासचिब समेत रहनुभएका नरेन्द्र पुनले गढवामा रहेको स्वाभीमान युबा क्लबलाई फुटबल तालिमका लागि सामग्री प्रदान गरिएको हो । दाङ जिल्ला फुटबल संघका महासचिब नरेन्द्र पुनले ट्रेनिङ सामग्री प्रदान गरेका थिए ।

दुई समुहलाई फुटबलको तालिमका लागि आबश्यक पर्ने बिब्स, मार्कर, फुटबल, कोण प्रदान गरिएको हो । गढवा १ का वडाध्यक्ष बाबुराम अधिकारीको रोहबरमा सामग्री प्रदान गरिएको हो । स्थानीय तहमा फुटबल खेलाडी उत्पादनका लागि सामग्री प्रदान गरेको पुनले जानकारी दिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष अधिकारी, फुटबल संघका जिल्ला सदस्य बसन्त पुरी, दिपक पुनको सहभागीता रहेको थियो । सानो उमेरका खेलाडीलाई प्रोत्साहनका लागि सामग्री प्रदान गरिएको छ ।

यसैबीच घोराहीमा रहेको सगरमाथा डेन्टल क्लिनिकले तुलसीपुरको एक क्लबलाई जर्सी प्रदान गरेको छ । तुलसीपुर १४ लुहाडबरा दुम्नामा रहेको भ्याली युथ क्लबलाई फुटबल खेल्नका जर्सी प्रदान गरिएको हो ।