इन्द्रेणी संवाददाता
दाङ, २९ भदौ । दाङमा आज भएको सवारी दुर्घटनामा दश जना घाइते भएका छन् । दंगीशरण गाउँपालिका ७ बाका भन्ने ठाउँबाट तुलसीपुरदेखि चरकमटियातर्फ आउदै गरेको रा १ ख २१५६ नम्बरको वस दुर्घटना हुँदा दश जना घाइते भएका हुन् ।

accdentघाइते मध्ये २ जनाका अवस्था गम्भीर रहेको छ भने ५ जना मध्यम र ३ जना सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गम्भीर घाइते हुनेमा ववई गाउँपालिका ७ सिमलकुलाकी १९ वर्षकी धनसरी कुमाल र अर्काी नाम नखुलकी एक महिला रहेको प्रहरीले जनाएको छ ।

उनी दुबैजलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।