बाँके, २९ भदौ । नपालीको महान पर्व दशै, तिहार नजिकिदै गर्दा खसीमा तस्करी बढ्दै गएको छ । गएको शुक्रवार राति मात्रै भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले बरामद गरेको छ ।
कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८९९८ नंको ट्रकमा कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्र्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । उनका अनुसार नियन्त्रणमा लिइएका ८ हजारका दरले ५ लाख १२ हजार बराबरका छन् ।











