इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । दाङको प्रहरीले ६ हजार बढी अबैद्य मदिरा तथा मदिराजन्य पदार्थ नष्ट गरेको छ । घोराही १८ का विभिन्न ठाउँबाट मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

madiraनियन्त्रणमा लिइएको मदिरा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, एसपी जनक भट्टराई, वडा प्रहरी कार्यालयका प्रमुख शशिधर शर्मालगायतको रोहवरमा कटुवाखोलामा नष्ट गरिएको थियो ।

उक्त अबैद्य मदिरा फुर्सेखाली, गिठेपानी र ढोडेनीलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।