इन्द्रेणी संवाददाता
दाङ, २० भदौ । भर्खरै सरुवा भएर आएका दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले आज दाङका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् । आयोजित परिचयात्मक कार्यक्रममा उनले सबैको सहयोगबाट मात्रै प्रहरीलाई सफलता हाँसिल हुने भन्दै सबैले रचनात्मक सहयोग गर्न आग्रह गरे ।
आफू दाङमा भर्खरै मात्र आएको र यहाँको बस्तुस्थितिको अध्यानमै रहेको बताउदै उनले आफ्नो प्राथमिकता प्रहरीको जिम्मेवारी भित्र रहेको जिल्लाको शान्ति सुरक्षा कायम गर्नु, अपराधिक गतिविधि नियन्त्रण नै रहेको बताए ।
उनले दोषि नउम्कउन र निर्दाेष नफसुन भन्ने उद्देश्याका साथ अपराध छानविनमा निषपक्षता आफ्नो पहिलो प्राथमिकता रहेको बताए । यहाँको बस्तुस्थित र आउने सस्याको अध्ययन पश्चात प्रहरी कार्ययोजना बनाएर अघि बढ्ने पनि एसपी भट्टराईको भनाइ थियो । अपराधिक गतिविधि नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नेमा पत्रकारहरु पनि महत्वपूर्ण भूमिका रहने भन्दै उनले आफूलाई रचनात्मक सुझावसहित सहयोग गर्न आग्रह गरे ।
सो क्रममा सहभागी पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने विषयमा यहाँका पत्रकारहरुले सबै सकारात्मक भूमिका निर्वाह गरेको भन्दै प्रहरीबाट दिनमिल्ने सूचनाहरु उपलव्धतामा सहज बनाउन सुझाव दिएका थिए ।











