इन्द्रेणी संवाददाता
देउखुरी, २३ असार ।
देउखुरीको राजपुर गाविस वडा नं. ५ जंग्रहवा र सतवरिया गाविस वडा नं. ७ जहरे जोड्ने राप्ती नदिमा झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरमा पुगेको छ ।झोलुङ्गे पुलको लम्बाई २४९ मिटर र चौडाई १.५ मिटर रहेको छ भने पुलको उत्तर दक्षिण दुवै किनारामा ३१, ३१ मिटर अग्ला दुई ओटा टावर जडान गरिएको छ ।
सो पुल नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत सस्पेन्सन वृज डिभिजन महाशाखा ललितपुर पूल्चोकको पूर्ण अनुदानमा रु १ करोड ३९ लाखको लागतमा निर्माण भइरहेको सो डिभिजन महाशाखाले जनाएको छ । त्रिशुली कंस्ट्रक्शन कम्पनी जे.भी. रसुवा ले सो पुल निर्माणको जिम्मेवारी पाए बमोजिम गत आ.व २०७०÷०७१ देखि निर्माण कार्य शुरु गरिएको थियो ।
गत २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण पुल निमार्णमा कार्यरत प्राविधिकहरु र मजदुरहरुको ठुलो जनधनको क्षति भएका कारण केही ढिलाई भएको थियो । उक्त पुल निर्माणको कार्य अव करिव ७ मिटर लम्बाईमा स्टिलपाता बिच्छाउने र पुलको दुबै साइडमा सस्पेन्सन टाइट गर्ने काम मात्र बाँकी रहेको निर्माण कम्पनीमा साइड रेखदेख गर्ने जिम्मा पाएका सुजल अधिकारीले जानकारी दिनु भयो ।
पुल सञ्चालनमा आए बर्षायाममा राप्तीको भिषण बाढीमा डुंगाबाट जोखिम राप्ती नदी वारपार गर्नुपर्ने बाध्यताबाट राजपुर गाविसका जंग्रहवा, चंगुवा, हथीहवा, कुरिया खोला गाँउ, महतनीखोला गाउँ, सालभौरी, नौसरा, दुलैया, रैनिया, खांग्रानाका, फोहोरीनाका, अडबरुवानाका, कल्याणपुरनाका, गंगडीखोला गाउँ लगायत राजपुर गाविसका अधिकाशं गाउँले स्थानिय बासिन्दाहरु लाभान्वीत हुने छन् ।
यस्तै सतवरिया गाविसका जहरे, असानी, भत्तरकुण्डा, रिहार, लैरीरिहार, त्रिशुल धारी, खोलीगाउँ, विजुलीपुर, बाघखोर, गणेशपुर, गुजेना, सतवरिया, लगायत नेपालको सिमाना सित सटेका भारत लालननगर, र्भसैया, बनकट्टी,महमद नगर, सिरसिया, मनिपुरुवा, बेचैपुरुवा, बलराम पुर, तुलसीपुर, लगायतका गाउँहरुबाट पवित्र तिर्थस्थल स्वर्गद्धारी दर्शन गर्न आउने लाखौ तीर्थयात्री समेत प्रत्यक्ष लाभान्वीत हुने भएका छन् ।।