दाङ, २३ असार। महिलाहरुको लागि चेतनामुलक कार्यक्रम रामपुरको बुकामा विहीवार भएको छ । महिला हिंसा र त्यसले स्वास्थ्यमा पार्ने असरको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरेको गाविसले जनाएको छ । गाउँ परिषदले तय गरेको कार्यक्रम अन्तर्गत त्यो कार्यक्रम गरेको गाविस सचिव विष्णु गिरीले जनाएका छन् ।

13633350_1137877082937757_679419406_oकार्यक्रमले महिला हिंसाका घटनालाई न्युनिकरण गर्न सहज पुग्ने गाविसले जनाएको छ । कार्यक्रममा ४० जना महिलाको सहभागिता थियो । गाविस सचिव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका सभापति रेवतीप्रसाद घिमिरे, नेकपा माओवादी केन्द्रका संयोजक भेषबहादुर थापा र राप्रपाका मिनबहादुर शाहले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा महिला हिंसा, हिंसाका प्रकार, कानूनी व्यवस्था, चुनौती र हिंसाले स्वास्थ्यमा पार्ने असरका बारेमा पत्रकार इन्द्र डिसी र स्वास्थ्यकर्मी भुवन रिजालले सहजिकरण गरेका थिए ।