इन्द्रेणी संवाददाता
देउखुरी, २३ असार ।
देउखुरीको रिहारमा धारीलो हतियार प्रहार गरी महिलाको हत्या भएको घटनावारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । गएराती सतवरिया गाविस वडा नं. ८ रिहार निवासी २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट हत्या भएको घटनावारे प्रहरीले अनुसन्धान थालेको हो ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्काका अनुसार अनुसन्धान सुरु भएको तर, अहीले सम्म हत्यामा संलग्न ब्यक्तिको भने पहीचान हुन सकेको छैन् । रिहारमा किराना पसल गर्दै आएकी चौधरी सोही घरमा डेरा बस्दै आउनुभएको थियो ।
चौधरीको शव नजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै उनको शरिरमा खत समेत देखिएको छ ।
प्रहरीले चौधरीका श्रीमान रोजगारीको सिलसिलामा विदेशका रहेको भन्ने खबर प्राप्त भएको जानकारी पनि दिएको छ । मृतक चौधरीको शव पोष्ट मार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखीएको छ ।।
