गोविन्द खड्का
घोराही, २३ असार । यात्रुको चाप हुने क्षेत्रमा जग्गा नभएपनि घुम्ति शौचालय बनाउन यातायात व्यवसायीले माग गरेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यातायात व्यवसायीका पदाधिकारी संग बिहिवार घोराहीमा गरेको अन्र्तरकृया कार्यक्रममा यातायात मैत्री शौचालय बनाउन सुझाव दिए ।
यसैगरी यात्रुहरुलाई सार्वजनिक हौचालय भएकै ठाउ“मा शौच गराउन यातायात व्यवसायीले प्रतिबद्धता जनाएका छन् । उनिहरुले ट्राफिक जाम हुने स्थलमा शार्वजनिक शौचालय राखिएकोले प्रयोग गर्न नसकिएको बताए । यातायात संग समन्वय नगरी शौचालय बनाउदा उचित हुने सुझाव दिएका थिए । कार्यक्रममा तुलसीपुर टेक्सी व्यवसायी समितिका शाखा प्रमुख कर्णविर घर्तिमगर, अम्विकेश्वरी सार्वजनिक यातायात समितिका कल्याणकारी सचिव घनश्याम बस्नेत, मजदुर संगठनका अध्यक्ष शिबराज पन्थी, राप्ती समितिका कार्यालय प्रमुख डा लोकराज पराजुली, समितिका सल्लाहकार विष्णु पाण्डे, समितिका अनुगमन संयोजक युवराज शर्मा लगाएतले आफ्नो धारणा राख्नुभएको थियो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख जगन्नाथ पुर्वेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा जिल्ला सरसफाइ फोकल पर्सन एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईञ्जिनियर तिलक न्यौपानेले पुर्ण सरसफाइको पा“च बर्षे रणनितिक कार्यायोजनाका बारेमा जानकारी गराउनुभएको थियो । सो कार्यक्रमको सहजिकरण प्राविधिक गजेन्द्र बहकरीले गर्नुभएको थियो ।