इन्द्रेणी संवाददाता
दाङ, ४ भदौ । दाङको घोराहीमा आज एम.वि. रेष्टुरेन्टको उद्घाटन गरिएको छ । रेष्टुरेन्टको उद्घाटन घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेले गरेका हुन् ।

rraaघोराही १५ अदालत–क्याम्पस सडकखण्डमा खुलेको उक्त रेष्टुरेन्टमा करीव ३५ लाख लगानी भएको सञ्चालक मोहन भुसालले जानकारी दिए । आफू लामो समयसम्म भारतमा वसेर होटल क्षेत्रमा काम गरेको र सोही अनुभवलाई आफ्नै देशमा लगाउन सकिन्छ भन्ने उद्देश्यले आफूले रेष्टुरेन्ट सञ्चालन गरेको उनको भनाइ थियो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल पनि आफ्ना विचार राखेका थिए । रेष्टुरेन्टमा विभिन्न आइटमका खाना, नास्ता बनाइने र बैठक सभाका लागि हल पनि निर्माण गरिएको छ ।