भोजपुर, २ भदौ । श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्यारासँग पैसा लिएर घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीले पक्राउ गरेको हो ।
२०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले स्थानीय चम्पिरा खोलाको भिरबाट धेकेलेर हत्या गरेको र घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ । मुख्य अभियुक्त
रम्तेलसँग मृतकका पत्नीले २ लाख रुपैयाँ नगद लिएको प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा लिएको छ।











