सुर्खेत, ३१ साउन । बैंकिङ कसुर लागेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री पदमुक्त भएका छन् । उच्च अदालत पाटनले बैंकिङ कसुर गरेको अभियोगमा मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएपछि पदमुक्त भएका हुन् ।

khadgaमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम खत्रीलाई पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिएका छन् ।