काठमाडौं, २९ साउन । शिक्षक सेवा आयोगले खोलेको लाइसेन्स परीक्षाको विज्ञापनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

supreme-court-of-nepalमाध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष पुष्पप्रसाद न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेश हमालसहित ६ जना शिक्षकले सोमबार सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् ।

दर्ता गरिएको निवेदनमा  माध्यमिक तहको विज्ञापन नं. ३५र०७६ तत्काल खारेज गरी कक्षा ११ र १२ मा पढाउने शिक्षकका लागि विषयगत लाइसेन्सको परीक्षा व्यवस्था गर्न माग गरिएको छ ।