दाङ, २६ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायिक सचेतना तथा सदस्यता वृद्धि अभियान सुरु गरेको छ ।
संघले पसल मै पुगेर व्यवसायिक सचेत वनाउन थालेको हो । संघका पदाधिकारीहरुको सहितको व्यसायीहरुको घर घरमा पुगेर व्यवसायीहरुलाई सचेत वनाउन थालेको छ ।

DCCI (1)व्यवसायीलाई व्यवसाय गर्दा आइ पर्ने समस्या के हुन, कसरी समस्याको समाधान गर्ने, हिसाव किताव कसरी राख्ने, बिल काटदा ध्यान दिनु पर्ने कुरा, लगायतका विषयमा व्यवसायिहरु लाइ जानकारी दिइने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । संघले हरेक वर्ष यसरी नै सचेतना अभियान संगै सदस्यता वृद्धि समेत गदै आएको छ ।

अभियानका क्रममा व्यवसायिहरुको सदस्यता दर्ता, नया सदस्यता दर्ता पनि गरिने व्यवसायिक सचेतना अभियानका संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिए । उनका अनुसार अभियानमा व्यवसाय संचालनको क्रममा आवश्यक पर्ने आय कर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क, घर वहाल कर व्यवसाय संचालनका क्रममा आवश्यक निकायमा दर्ता तथा समयमा नविकरण, नापतौल संग सम्वन्धीत उपकरणहरु जस्तै ढक, तराजु, आदि जस्ता सामानको वैधानिकता वारे सजक एवं जानकारी गराइने भएको छ ।