इन्द्रेणी संवाददाता
दाङ, २४ साउन । दाङमा वर्षेनी अपराधिक गतिविधि बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दाङको करीव दश वर्षको तथ्याङ्कलाई हेर्ने हो भने वर्षेनी अपराधिक गतिविधि बढ्दै गएको छ ।

ppआर्थिक वर्ष २०६६÷६७ मा ४ सय ३४ वटा अपाराधिक गतिविधि भएकोमा गएको आर्थिक वर्ष २०७५÷७६ मा बढ्ेर ९ सय ५७ पुगेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कले देखाएको छ । अपराध नियन्त्रणमा अघिका वर्षहरुभन्दा पछिल्ला वर्षहरुमा प्रहरीको गतिविधि बढ्दै गएर सफलता प्राप्ती बढेपनि अपराधिक गतिविधि बढ्दै गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बताए । ‘विगतदेखि अहिलेसम्मको तथ्याङ्कलाई हुर्ने हो भने घट्ने छाँट छैन’, उनले भने ।

प्रहरीले आज पत्रकार घेटघाटको कार्यक्रमको आयोजना गरी वार्षिक प्रगति समीक्षा पनि गरेको छ । जसमा गएका आवमा विभिन्न अपराधका ९ सय ५७ वटा मुद्दा दर्ता भएको जुन त्यसभन्दा अघिल्लो वर्षका भन्द्या २९ ले बढी भएको प्रमुख पाण्डेले बताए । त्यस्तै जिल्लमा आत्महत्याको क्रम बढ्दो भएको तथ्याङ्मा उल्लेख छ भने जवसजस्ती करणी, बाल यौन दुव्र्यवहार, पशु करणीका मुद्दा पनि दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जम्मा ९ सय ५७ मुद्दामध्ये २ सय ९ वटा आत्महत्याका घटनाका मुद्दा दर्ता भएका छन् । आत्महत्या गर्नेका मुख्य कारणहरु गरिवी, पारिवारिक कलह, वालविहा, वहविवाह, शहरीकरण, मोवाइलको दुरुपयोग, अन्तरजातिय विवाहलगायतका रहेको अनुसन्धानले देखाएको छ ।