धादिङ, २४ साउन । सर्लाहीबाट काठमाडौं आउदै गरेको ना ६ ख ७४६९ नम्बरको वस त्रिशुलीमा खसेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खसेको हो । वस त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ।
बस आज बिहान साढे ३ बजेको समयमा त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। बसमा कति यात्रु थिए भन्ने यकीन हुन सकेको छैन। अहिलेसम्म १० जनाको उद्धार गरिएको घटनास्थलमा रहेका प्रहरीले जनाएको छ ।
नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।











