इन्द्रेणी संवाददाता
दाङ, २३ साउन । दाङको घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका कूल उद्योग झण्डै ६ हजार ७ सय उद्योगहरुमध्ये करीव ३० प्रतिशत उद्योगहरु बैंकबाट ऋण लिन, संघसंस्था तथा कार्यालयबाट अनुदान पाउन र छोरा छोरीहरुलाई विदेश पठाउनका लागि आयस्रोत देखाउनका लागि दर्ता भएका छन् ।

note‘उद्योग दर्ता गर्नु राम्रो पक्ष हो तर यसमा केही विकृति पनि छ’, उद्योग अधिकृत वामदेव शर्माले भने, ‘कार्यालयमा दर्ता भएका करीव ३० प्रतिशत उद्योग स्थलगत अनुगमनमा जाँदा भेटिदैनन् ।’

अनुगमनमा नभेटिएका उद्योगहरु कुनै सरकारी अनुदान, बैंकबाट कर्जा लिन र छोरोछोरीहरुलाई विदेश पठाउँदा आयस्रोत देखाउनका लागि मात्रै दर्ता भएको उनको भनाइ ।