जनकपुरधाम, २१ साउन । प्रावीधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् धनुषाका एक कर्मचारीले किर्ते सहीछाप गरी बैंकबाट ९३ लाख रुपैयाँ भन्दा बढी रकम झिकेर फरार भएका छन् ।

naya-noteसिटीईभीटीले धनुषाको सपहीमा सञ्चालन गरेको बीपी मेमोरियल पोलिटेक्नीक ईन्स्टीच्युटको ल्यावमा कार्यरत महोत्तरी जिल्लाको महोत्तरी गाँउपालिका घर भएका प्रविणकुमार ठाकुर किर्ते सहीछाप गरी बंैकबाट ९३ लाख ५१ हजार रुपैयाँ झिकेर फरार भएका हुन् ।

ठाकुरले विभिन्न मितिमा बीपी मेमोरियल पोलिटेक्नीक ईन्स्टीच्युटको ६२ लाख ५६ हजार र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय जनकपुरको ३० लाख ९५ हजार रुपैयाँ किर्ते गरी झिकेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ ।

ठाकुरले रकम झिकेको थाहा पाएपछि उनी विरुद्ध मुद्दा दर्ता गराएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश २ का कामु निर्देशक नागेन्द्र साहले बताए आजको अन्नपूर्ण पोष्टमा खबर छ।

सूचना प्रविधिमा राम्रो दखल राखेका ठाकुरले कार्यालयको कामकाज प्रभावित गर्नुका साथै कर्मचारीलाई उल्टै धाकधम्की समेत दिँदैआएको बताइएको छ ।