काठमाडौँ, २० साउन । साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । आजको दिनमा घर घरमा नागको पुजा गरिन्छ । वर्षाले गिलो भएको जमिनबाट ओभानो स्थानमा नाग आउने जोखिम भएकाले यो दिन नागको पूजा गरी मनाउने गरिएको विश्वास गरिन्छ ।

Nag-Panchamiहिन्दु धर्मका शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म यी आठ नागको विशेष वर्णन गरिएको छ । नागपञ्चमीमा यिनै नागको स्मरण गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । आजको दिन नागेश्वर मन्दिरहरुमा धुमधामका साथ पूजा अर्जना गरिन्छ ।