काठमाण्डौ, २३ असार
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस २३ गते काठमाडौंमा हुने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पार्टी पोलिटव्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशन गर्न लागेको हो ।
उनीहरुबीच पार्टी एकतापछि महाधिवेशनमा जाने सहमति भएको थियो । त्यही अनुसार महाधिवेशनको मिति तय गरेको हो । यस्तै माओवादीले आफ्ना सबै कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिसकेको छ ।।