दाङ, असार २३ । पहलसंचार अनलाइनको आयोजना बिहीबारदेखि घोराहीमा तीन दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ दाङ शाखा कावा अध्यक्ष लक्ष्मी आचार्यले मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

13607844_1177581102292278_1180915945_nपहलसंचारका सल्लाहकार ज्वाला खतिवडाको अध्यक्षमा भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथी आचार्यले पत्रकारिता सम्बन्धी ज्ञान सीप हासिल गर्न तालिम फलदायी हुने धारणा व्यक्त गर्दै पत्रकारिता क्षेत्रमा महिला तथा युवा पुस्ताको आकर्षण बढेकोमा खुशी व्यक्त गर्नु भयो । कार्यक्रममा युवा नेता सुरामणि वेलवासे, पत्रकार दुर्गालाल के.सी र रोशनमान श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार गणेश वलीले गर्नु भएको थियो भने पहलसंचार अनलाइनका सम्पादक केएल पीडितले स्वागत तथा विषय प्रवेश गराउनुभएको थियो । तालिममा दाङ र रोल्पाका २० जनाको सहभागिता रहेको छ । बुधबार भएको तालिममा केएल पीडित, दुर्गालाल केसी र गणेश वलीले प्रशिक्षण दिनु भएको थियो ।