दाङ, १३ साउन । लायन्स क्लव अफ दाङको अध्यक्षमा यज्ञवहादुर केसी चयन भएका छन् । केसी क्लवको २०१९÷२० का लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् । आज तुलसीपुरमा आयोजित एक समारोहका बिच निबर्तमान अध्यक्ष उमेशचन्द्र मजगैयाँले केसीलाई पद हस्तान्तरण गरे ।

lions yagya kcत्यस्तै क्लवको प्रथम उपाध्यक्षमा हेमन्त डाँगी, द्धितीय उपाध्यक्षमा सुरेश हमाल, तृतीय उपाध्यक्षमा गणेश अधिकारी, सचिवमा भागवत घिमिरे, कोषाध्यक्षमा लोकवहादुुर डाँगी र सहकोषाध्यक्षमा द्रोण देवकोटा चयन भएका छन् ।