काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज सोमबार प्रकाशन गर्ने भएको छ ।

slcबोर्डले साँझ ५ बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले जानकारी दिए ।
नतिजा प्रकाशनका लागि सोमबार बोर्ड बैठक बोलाइएको छ ।