धनगढी, १० साउन । कैलाली प्रहरीले जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको छ। कैलालीका गोदावरी नगरपालीकाको अत्तरियामा रहेको खप्तड होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले होटलमा खान तलासी गर्दा ३ गड्डी तास र २ लाख ३१ हजार ८ सय ३० रुपैयाँ नगद पनि वरामद गरेको छ ।
यसरी पक्राउ पर्नेमा गोदावरी नगरपालिका ३ का डबल खडका, गोदावरी २ का लोकेन्द्रसिंह साउँद, गोदावरी १ का नवराज भट्ट, बेनुप्रसाद खरेल, कञ्चनपुरको भिमदत्त नगरपालिका ४ का सन्तोष चन्द, भिमदत्त नगरपालिका(३ का रामबहादुर सिंह, धिरेन्द्रबहादुर चन्द, सन्जु राना र कञ्चनपुर महाकाली नगरपालिका ५ बस्ने राम दत जोशी रहेको प्रहरीले जनाएको छ ।











