बैतडी, ८ साउन । बैतडीमा आज विहान जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

accdentदार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको गरेको ग १ ज ५२२४ नम्बरको रातो प्लेटको बोलेरो जिप बिहान ४ बजे बैतडीको पाटन नगरपालिका ८ स्थित आरुबाट भीरमा खसेको थियो ।

दुर्घटनामा ईश्वर नागारीको मृत्यु भएको छ भने हिक्मत साउद र पुष्कर नागारि घाइते भएको प्रहरीले जनाएको छ ।घाइते पुष्करको अवस्था गम्भीर रहेको छ ।