इन्द्रेणी संवाददाता
दाङ, ६ साउन । दाङमा नुहाउने क्रममा पानीको पोखरीमा डुवेर तीन जनाको मृत्यु भएको छ ।

duberaघोराही १८ कटुवाखोला स्थित सिंचाइ गर्न बनाइएको पोखरीमा डुवेर घोराही १८ सालघारी वस्ने बसन्ता विक, भरणा विक र अमृता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतवार वेलुका नुहाउने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।