बारा, २ साउन । आफ्नै खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा एक कृषकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ छोटकी फुलवरियाका २९ बर्षिय राजेश यादव रहेका छन् ।

Deathबुधवार दिउसो करीब १।०० बजे आफ्नै खेत जोत्ने क्रममा ना ४ त ३५३३ नम्बरको ट्याक्टर अचानक पल्टिदा यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता रंजितसिंह राठौरले बताए ।