जनकपुर, ५ असार । जनकपुरको एक होटलमा एकैपटक ग्याँस सिलिण्डरहरु विष्फोट हुँदा क्षति भएको छ ।
जनकपुर उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आठ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा भएको आगलागीमा तीन होटल जलेका छन्। आगलागीपछि ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार बिहान पौने ३ बजेदेखि सुरु भएको आगो ५ बजे नियन्त्रणमा आएको छ। तीन होटल जल्दा ३२ लाखको क्षति भएको प्रहरीको अनुमान छ।











