काठमाडौं, ३२ जेठ। जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटमा परी घाइते विप्लव नेकपाका कार्यकर्ताको मृत्यु भएको छ । काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो ।
रामेछाप मन्थली नगरपालिका–४ निवासी श्रेष्ठको शनिबार बिहान मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । यो सँगै त्यो घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।











