इन्द्रेणी संवाददाता
दाङको सम्राट सिमेन्टको निर्माणाधीन भवनको ढलान भत्किदा तीन मजदुरको मृत्यु भएको छ ।
उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा शनिबार बिहान ढलान भत्किदा भारत झारखण्ड घर भइ उद्योगमा कार्यरत कामदारको मृत्यु भएको हो
मृत्यु हुनेमा भारत झारखण्डका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव रहेका छन ।
उक्त घटनामा परि अन्य तीनजना घाईते भएका छन् । घाईते हुनेमा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।











