दाङ, २७ जेठ । दाङमा एक जना करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका १५ मिलनचोकमा प्रवेशद्धार निर्माण गर्ने क्रममा करेन्ट लागेर सल्यान शारदा नगरपालिका ३ का हरिबहादुर विष्ट घाइते भएका हुन् । उनलाई आइतवार वेलुका गेट निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर उनका दुबै हात जलेका छन् भने शरिरमा पनि क्षति पुगेको छ । करेन्ट लागेर गम्भीर घाइते भएको विष्टलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि थप उपचारका लागि आइतवार नै नेपालगञ्ज पठाइएको छ । उनी विगत दुई वर्षदेखि घोराहीकै एक ग्रील उद्योगमा काम गर्दै आएका थिए ।











