काठमाडौं, २४ जेठ । डकैती मुद्दाका फरार छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो महानगरीय अपराध अनुसन्धान महाशाखाले विभिन्न स्थानमा लुटपाटमा संलग्न तामाङलाई समात्न गोली चलाएको थियो । तामाङलाई बौद्धको अत्तरखेलमा गोली हानेर नियन्त्रणमा लिएको हो ।
प्रहरीमाथि नै जाइलाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको बताएको छ । तामाङको खुट्टामा गोली लागेको छ । उनको दाहिने खुट्टामा दुई राउण्ड गोली लागेका प्रहरीले बताएको छ ।











