दाङ, २३ जेठ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ मघैका महिलाहरुले यस बर्ष च्याउ खेतीबाट २ लाख बढीको आम्दानी गरेका छन् । दुई वटा कृषि समूह गठन गरेर सामुहिक च्याउ खेती गरेका महिलाहरुले यस सिजनमा च्याउ बिक्रीबाट मात्र २ लाख बढी आम्दानी गरेका हुन् ।

chau kheti talim suruप्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको अन्तर्गतको कार्यक्रमबाट गरिएको सामुहिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको कोपिला कृषक समूहका अध्यक्ष कैलाशी चौधरीले बताइन् ।

५० बढी महिलाहरु सहभागी सामुहिक च्याउ खेतीमा ६ वटा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको महिला समूहहरुले बताएका छन् ।
उनीहरुले च्याउ खेतीको अलवा समूहले मसुरो र लसुन प्याज खेती समेत गर्दै आएका छन् ।