विराटनगर, २३ जेठ । एक साता अघि सुनसरीको धरानमा डेंगुको प्रकोप देखिएपछि त्यसको नियन्त्रणका लागि सङ्घीयदेखि स्थानीय तहसम्मको संयुक्त ¥यापिड रेस्पोन्स टिम बनाएर सर्च एन्ड डिस्ट्रोय र जनचेतना अभियान सुरु गरिएको छ ।

deguमङ्गलबारसम्मको तथ्याङ्क अनुसार धरान स्थित बीपीकेआईएसएच मा कुल ४४२ जनामा रक्त परीक्षण गरिएकोमा १७६ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

बुधबार विश्व बातावरण दिवसको सन्दर्भमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको संयुक्त आयोजनामा डेंगुविरुद्ध चेतनामूलक ¥याली गरिएको छ । धरान उपमहानगर पालिकाबाट निस्किएको उक्त ¥यालीले नगरपालिका विभिन्न स्थान हुँदै बगरगाछीसम्म पुगेर समापन भएको डेंगु नियन्त्रणका लागि गठिन ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनालले बताए ।

“बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी वार्डमा डेंगुका विरामीहरुको उपचारको व्यवस्था मिलाएको छ । प्रकोपले महामारीको रुप नलियोस् भनेर उपमहानगर पालिकाका प्रत्येक वडामा सर्च एन्ड डिस्ट्रोय अभियान चलाएका छौँ” – संयोजक डा. खनालले भने आजको गोरखापत्रमा खबर छ ।