धम्बोझी, १७ जेठ १७ गते । प्रदेश नं ५ मा १ सय ८५ ना औलो रोगी भेटिएका छन् । प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार यस प्रदेशका विभिन्न जिल्लामा ओलो रोगीहरु भेटिएका हुन् ।

deguनिर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

जसअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई औलो रोगी रहेका छन् । सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ ।