तुलसीपुर, १६ जेठ । तुलसीपुर उपमहानगरपालिकाले व्यावसायिक तरकारी खेती गर्ने किसानहरुलाई टनेल वितरण गरेको छ ।

IMG_8718 वेमौसमी तरकारी खेती गर्नेहरुलाई लक्षित गरेर टनेल वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक कुलराज चौधरीले जानकारी दिए । उनले नमुना किसानलाई छनोट गरेर अनुदान दिइएको पनि जानकारी दिए ।

कार्यक्रममा टनेल वितरण गर्दै नगर प्रमुख घनश्याम पाण्डेले सही सदुपयोग गरेर उत्पादन वढाउन आग्रह गरेका थिए । उनले राम्रो गर्ने किसानलाई थप अन्य अनुदान पनि दिइने जानकारी दिए ।

‘कृषिमा व्यवसायीकरण गरेर जीवनस्तर सुधार्नु आवश्यक छ ’ नगरप्रमुख पाण्डेले भने । उनका अनुसार पहिलो चरणमा १ सय किसानहरुलाई आवश्यकता अनुसार १ देखि ३ वटासम्म टनेल वितरण गरिएको छ ।

प्राविधिक सहायक चौधरीका अनुसार किसानहरुलाई पचास प्रतिशत अनुदानमा टनेल वितरण गरिएको हो । ‘एउटालाई ५ हजार ३ सय पर्दछ त्यसको पचास प्रतिशत कममा दिने गर्दछौ’ उनले जानकारी दिए ।