काठमाडौं, १६ जेठ । बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहितले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन । यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानीमा कर तिर्नुपर्दैनथ्यो ।

- बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक ९सडक मर्मतसम्भार कर० अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ । १ साउनदेखि पेट्रोलबाट पाँच रुपैयाँ र डिजेलबाट तीन रुपैयाँ कर उठाउन सुरु हुनेछ । यो करको भार उपभोक्ता मूल्यमा हुनेछ । यसअघि आव ०७३/७४ देखि बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोल, डिजेल र हवाई इन्धनबाट समान पाँच रुपैयाँ प्रतिलिटर कर उठाउँदै आइएको छ ।
- त्यस्तै, पास्ता, चिप्सलगायत उत्पादनमा पहिले प्रतिकिलो १५ रुपैयाँ अन्तःशुल्क तिर्नुपर्थ्यो भने अब १७ रुपैयाँ तिर्नुपर्नेछ ।
बदाम, भुइँकटहर, नासपाती, खुर्पानी, स्ट्रबेरीमा पाँच प्रतिशत अन्तःशुल्क लाग्दै आएकामा शतप्रतिशत वृद्धि गरी १० प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने भएको छ । - चिनी हालेको वा नहालेको, स्प्रिट नहालेको, नकुहाएको फलफूलको रस, वनस्पति रस प्रतिलिटरमा १० रुपैयाँ तिर्नुपर्नेमा अबदेखि ११ रुपैयाँ तिर्नुपर्नेछ । कुरमुरे, चिजबल्स, लेजमा प्रतिकिलो १५ रुपैयाँबाट बढाएर १७ रुपैयाँ बनाइएको छ ।
- सुर्तीरहित पान मसलामा प्रतिकिलो पाँच सय ५५ रुपैयाँ तिर्नुपर्थ्यो । अब ६ सय १० रुपैयाँ तिर्नुपर्नेछ । सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो दुई सय पाँच रुपैयाँ तिर्नुपर्नेमा अब दुई सय २५ रुपैयाँ तिर्नुपर्नेछ ।
- मदिरामा औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको छ । जौबाट बनेको बियरमा पहिले प्रतिलिटर १५० रूपैया तिर्नु पर्नेमा अब १६५ रूपैया तिर्नु पर्ने छ । ३३५ रूपैया तिर्नु पर्ने मदिरामा अब ३७० रूपैया तिर्नु पर्ने छ । पहिले अन्तस्शुल्क १२०४ रूपैया तिर्नु पर्नेमा अबदेखि १३२५ रूपैया तिर्नु पर्ने छ ।
- सुर्ती जन्य पदार्थको अन्त शुल्कमा पनि बृद्धि भएको छ । पहिले प्रति केजी ८५ रूपैया तिर्नु पर्ने अन्तः शुल्कलाई बढाएर ९५ रूपैया बनाइएको छ । त्यसै गरी १३४० रूपैया तिर्नु पर्ने अन्तःशुल्कमा १३५ रूपैया बढाएर १४७५ रूपैया बनाइएको छ ।
- सिमेन्ट र फलामे डण्डीमा पनि १० प्रतिशतले अन्तः शुल्क बढाइएको छ । सिमेन्टमा पहिले प्रति मेट्रिक टन २ सय रूपैया अन्त शुल्क तिर्नु पथ्र्यो भने अब २२० रूपैया तिर्नु पर्ने छ । त्यसै गरी फलामे डन्डीमा प्रति मेट्रिक टन १५ सय रूपैयाँ तिर्नुपर्थ्यो । अबदेखि १६५० रूपैया तिर्नुपनेछ ।
दुग्धबाट बनेको खाद्य पदार्थ, बटर तथा कुरमुरे, नुडल्स र विस्कुटमा पहिलको ३० प्रतिशत भन्सार दरबन्दी बढाएर अहिले ४० प्रतिशत पुर्याइएको छ । - फलफुलका पेय पदार्थमा प्रति किलो ६० रूपैया भन्सार लगाउन थालिएको छ । स्याउ अंगुर, आँप भुईकटरका पेय पदार्थको आयातमा प्रति लिटर ६० रूपैयाँसम्म भन्सार लाग्ने भएको छ । यी शीर्षकमा भन्सार थिएन । त्यस्तै गोलभेडाको अचार, मैदा, सर्स्यौ, मिश्रित मसला आयातमा पनि २० प्रतिशत भन्सार तिर्नु पर्ने छ । यस्तो व्यवस्था पनि पहिले थिएन । अन्य खाद्य पदार्थ जसको विगतमा २० प्रतिशत भन्सार तिर्नुपर्थ्यो त्यसको ४० प्रतिशत भन्सार तिर्नु पर्ने छ ।
- मिनिरल वाटरको आयातमा पनि ४० प्रतिशत भन्सार तिर्नु पर्नेछ । अल्कोहलरहित वियरमा पहिले ३० प्रतिशत भन्सार तिर्नुपर्थ्यो भने अब ४० प्रतिशत तिर्नु पर्ने छ । जौ बाट बनेको वियरमा प्रति लिटर २ सय रूपैयाँ भन्सार तिर्नु पर्ने छ । विलासी सवारीको भन्सारमा भने कुनै परिवर्तन गरिएको छैन ।
- जडिबुटीबाट बनेका च्यवनप्राशजस्ता भिटामिन पदार्थमा पनि अवदेखि १० प्रतिशत भन्सार तिर्नु पर्ने छ । यसअघि यसमा भन्सार थिएन । नयाँ पत्रिकाबाट











