बाँके, १४ जेठ । प्रहरीले बालिकामाथि बलात्कार गरेको आरोपमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । छिमेकी ८ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

balatkari-pakrauयही जेठ ८ गते आफ्नै घरमा कोही नभएको मौका पारी पालैपालो बलात्कार गरेको आरोप लागेको छ । केही दिनदेखि बालिकाको अस्वभाविक शारीरिक समस्या देखा परेपछि बलात्कार पछि परिवारले सोधपुछ गर्दा घटना बाहिरिएको होे ।