काठमाडौं, १२ जेठ। काठमाडौँस्थित सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । ग्यास सिलिण्डर बिस्फोट हुँदा ८ जना घाइते भएका छन् ।

gassमहानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै एक सैलुन र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो । सुकेधारा विस्फोटमा ६ जना र घट्टेकुलोमा भएको विस्फोटमा २ जना घाइते भएको जनाएको छ ।

घाइतेमध्ये केहीको ओम अस्पतालमा र केहीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।