दाङ,९ जेठ । दाङको घोराही उपमहानगरपालिका ७ को आयोजनामा आज पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ । वडामा दोस्रो पटक आयोजना गरिएको शिविरमा ३ सय बढी पशुहरुको उपचार गरिएको छ ।
शिवरमा जिल्ला पशु ज्ञान केन्द्रका बरिष्ठ पशु विकास अधिकृत डाक्टर बेदबहादुर केसीले बाख्रामा पिपिआर सुई लगायर उद्घाटन गरेका थिए । आफ्नै गाउँमा पशुचौपायको उपचार तथा औषधिसहितको शिविर सञ्चालन भएपछि किशानहरु खुशी भएका छन् ।
शिविरमा १ सय जना किसानहरुले विभिन्न रोग तथा भिटामिनको औषधि लिएका थिए । बाख्रा, भैसाी, राँगा,गाई, कुखुरा गरी ३ सय बढीको उपचार गरिएको थियो ।
शिविरमा बरिष्ठ पशुविकास अधिकृत बेदबहादुर केसी, पशुविकास अधिकृत जिवराज पौडेल, पशु स्वास्थ्य प्राविधिकहरु खिमबहादुर वस्नेत, शिला डिसी लगायतले सेवा प्रदान गरेका थिए ।











