तुलसीपुर । उच्च अदालत तुलसीपुरले सार्वजनिक जग्गा हडपेर निर्माण भएका घर भत्काउनका लागि आदेश दिएको छ ।

Adalat-tulsipurतुलसीपुर उपमहानगरपालिकाले सडक ओगटेर निर्माण गरिएका संरचनाहरु भत्काउनका लागि सार्वजनिक सुचना जारी गरेपछि स्थानीयहरुले विपक्षी वनाएर उच्च अदालत तुलसीपुरमा मुद्दा हालेका थिए । त्यसपछि उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै संरचना नभत्काउन आदेश दिएको थियो ।

उच्च अदालतले जेठ ५ गते फैसला गर्दै उपमहानगरपालिकालाई संरचना भत्काउनका लागि वाटो खुला गरेको हो । स्थानीयका तर्फबाट मोहन प्रसाद धिताल र उपमहानगरपालिकाका तर्फबाट वामदेव शर्माले गरेको वहसमा अदालतले यस्तो बाटो खुला गरेको हो ।