दाङ, ६ जेठ । नेपाल प्रहरी प्रदेश नम्बर ५ ले यही जेठ २ गतेदेखि शुरु गरेको प्रदेश स्तरीय लागुऔषध ओसारपसार तथा दुव्र्यसन नियन्त्रण अभियानलाई व्यापक बनाएको छ ।

ppppप्रदेश नम्बर ५ का दाङ, बाँके, वर्दिया, रुकुम पूर्व, पाल्पा, प्युठान गुल्मीलगायतका जिल्लाहरुमा अभियानलाई व्यापरक बनाएको प्रवक्ता प्रहरी नायव उपरिक्षक टिकाबहादुर कार्कीले बताएका छन् ।

यी जिल्लाका विभिन्न विद्यालय तथा समूदायमा लागु औषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । अभियानअन्तर्गत दाङको घोराहीमा १६० छात्रछात्राहरुलाई सचेतना प्रदान गरिएको छ ।